स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा प्राधिकरणले थाल्यो छलफल

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा पूर्वी उपत्यकाका पाँच नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको छ । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपूर थिमी नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको हो । स्मार्ट सिटी बनाउन भन्दै पूर्वी उपत्यकाका पाँच नगरपालिकाभित्रको १ लाख रोपनी जग्गा सात वर्षदेखि रोक्का छ । […]

सुदूर पश्चिम लगानी सम्मेलनका लागि प्रदेशका मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श

काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ । शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबिचमा लगानी तथा […]

सूर्यविनायक नगरपालिकाका ६ वटा वडामा मेलम्चीको खानेपानी पुर्याउन बृहत्त आयोजनाको शिलान्यास

भक्तपुर:  सूर्यविनायक नगरपालिकाले नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन बृहत्त खानेपानी योजना अगाडि बढाएको छ । सो अन्तर्गत नगरपालिकाका १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्नका लागि बृहत्त खानेपानी आयोजना शूरु गरिएको हो । नगर प्रमुख बासुदेव थापाले शुक्रबार खानेपानी परियोजनाको औपचारिक रुपमा शिलान्यास गर्नु भयो । नगरपालिकाले पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डोबजारको […]

पर्यटकको पुर्नबहालीमा नगरकोट सडक महोत्सवले जगायो आशा, निकट भविष्यमानै पूर्वाधारको विकास गरिसक्ने जनप्रतिनिधिहरुको उद्घोष, स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित

नगरकोट :  ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति‘ भन्ने मूल नाराका साथ पर्यटकीय नगरी नगरकोटमा तीन दिने सडक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारी स्वरुप आयोजना गरिएको महोत्सवको चाँगुनारायणका मेयर जीवन खत्री र मण्डल देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले भ्रमण वर्ष २०८२ को लोगो […]

नगरकोटको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको पहलकदमी, कार्तिक २३ देखी नगरकोट सडक महोत्सव हुँदै, नगरकोट भ्रमण वर्ष २०८२ को तयारी पनि तीब्र

नगरकोट:  काठमाडौं नजिकको सबैभन्दा रमणीय क्षेत्र नगरकोट । उपत्यकाको अस्तव्यस्त जीवनशैलीलाई केही राहत दिन रोज्नु पर्यो भने पहिलो रोजाई बन्ने गर्छ नगरकोट । आन्तरिक मात्र हैन, प्राकृतिक मनोरम, सूर्य अस्त र सूर्य उदाएको देखिने देखि हरियाली डाँडाकाडाँ र हिमाल देखिने नगरकोटले बाह्य पर्यटकलाई पनि उत्तिकै आकर्षित गर्न सफल भएको छ । वास्तवमै प्रकृतिको अनुपम उपहार […]

सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं:  सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको छ । गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष समेत रहनु भएको महेश श्रेष्ठको लगानी रहेको सिटी एक्सप्रेस ग्रुपले २५ लाख सहयोग गर्ने घोषणा गरेको हो । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल […]

ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने

काठमाडौं: ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने भएको छ । एनआरएनए पूर्व अध्यक्षहरु जीवा लामिछाने र कुमार पन्तलगायतको लगानी रहेको होटलले २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्‍याग्निच्‍यूडको […]