भक्तपुर : सूर्यविनायक नगरपालिकाले स्थानीय तहमै पहिलो पटक लम्पी स्किन पीडीत किसानहरुलाई क्षतिर्पूित स्वस्प अनुदान वितरण गरेको छ ।

नगरभित्र लम्पी स्कीन महामारीमा गाई मरेर क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गर्नु भएको हो । नगरपालिकाले शुक्रबार र आइतबार १, ३, ५, ६, ८, ९ र १० वडाका किसानलाई राहत वितरण गरेको छ । बाँकि २, ४ र ७ वडाका किसानलाई सोमबार राहत वितरण गर्ने कार्यक्रम छ ।

नगरपालिकाको १० वटै वडाबाट लम्पी स्कीन रोगका कारण के कति क्षति भयो र के कति गाई मरे भनेर लगत संकलन गरेको थियो । लगत संकलनमा दुहुनो, ब्याउने र बाछी गरि ३१६ वटा गाई मरेको पाइएको थियो ।

नगरपालिकाको कार्यपालिका बैठकले मरेको दुहुनो गाई बरावर १० हजार र ब्याउने र बाछी बराबर ७ हजारको दरले राहत दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजीम नगरपालिकाले २४७ जना किसानलाई २७ लाख ५२ हजार रुपैयाँ बराबरको अनुदान वितरण गरेको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले लम्पी स्कीन रोगको कारण धेरै किसानको क्षति भएको र किसानलाई पशुपालन ब्यवसायबाट विस्थापीत हुन नपरोस भन्ने उद्देश्यले अनुदान सहयोग गरिएको बताउनुभयो ।

नगरपालिकाले राहत दिने निर्णय यसअघि नै गरेको भए पनि विविध कारणले वितरणमा ढिलो भएको पनि उहाँले बताउनुभयो ।

लम्पी स्कीन महामारीको समयमा पशु चिकित्सकहरु पठाएर सकेको सहयोग गरेको बताउँदै नगर प्रमुख थापाले नगरपालिकाले सकेसम्म आफ्नो कर्तब्य निर्वाह गरेको र आगामी दिनमा पनि किसानको लागि थप कार्यक्रम ल्याइने बताउनुभयो ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले किसानलाई कृषि पेसामा आर्कषित गरि राख्न किसानलाई प्रोत्साहनस्वस्प अनुदान दिइएको बताउनुभयो ।

नेपालका स्थानीय तहमध्येकै पहिलो पटक सूर्यविनायकले अनुदान दिएको उहाँले बताउनुभयो । सिमित स्रोत र साधनका बाबजुत पनि अनुदान दिइएको बताउँदै यसलाई मल्लम पट्टीको रुपमा बुझीदिन उहाँले आग्रह गर्नुभयो ।

पशुपंक्षी विकास उपशाखा प्रमुख तथा पशु चिकित्सक मृनल शाक्यले सोमबार पनि बाँकि वडाका किसानलाई अनुदान वितरण गर्ने कार्यक्रम रहेको बताउँदै छुटेका किसानलाई पछि छुट्टै कार्यक्रम राखेर वितरण गरिने जानकारी दिनुभयो ।

अनुदान वितरण कार्यक्रममा नगर कार्यपालिका सदस्य कमला पोख्रेल पनि सहभागि हुनुहुन्थ्यो ।

त्यसअघि पहिलो दिनको कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम रावत र कार्यपालिका सदस्य शर्मीला बस्नेतलगायत सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | १४ आश्विन २०८०, आईतवार २०:०१