ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने

काठमाडौं: ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने भएको छ । एनआरएनए पूर्व अध्यक्षहरु जीवा लामिछाने र कुमार पन्तलगायतको लगानी रहेको होटलले २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्‍याग्निच्‍यूडको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् ।


प्रकाशित | १९ कार्तिक २०८०, आईतवार ०९:५८