लयमा फर्कदै काँडाघारी खानेपानी आयोजना, सबै समस्याको समाधान गरेर छिट्टै खानेपानी वितरण गर्ने मेयर कार्कीको प्रतिबद्धता (फोटोफिचर)

काठमाडौं: काँडाघारी खानेपानी आयोजना यतिबेला लयमा फर्कन थालेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की यो आयोजना सम्पन्न गर्न लागि पर्नु भएको हो । आयोजनाको यतिबेला धमाधम प्रेसर टेस्टिङ भइरहेको छ ।

वि.सं २०७२ सालमा नेपाल सरकारबाट स्वीकृत भएको आयोजनाको काम नगरपालिकाको अघिल्लो नेतृत्वले अघि बढाएको थियो । काम लगभग सम्पन्न भएको भनिएपनि प्रेसर टेस्टिङ गर्दा थुप्रै लापरबाहीहरु भेटिएका थिए । “काम भएको समयमा कुनै पनि प्राविधिकहरु थिएनन, काम गर्ने मानिसको जिम्मामा नै सबै काम गरिएको थियो” एक स्थानीय बासीन्दा बताउनु हुन्छ ।

प्रेसर टेस्टिङको क्रममा थुप्रै लापरबाहीहरु भेटिएको छ  । कतै अलपत्र अवस्थामा पाइप छोडिएको छ भने कतै फुटेको पाइप भेटिएको छ । एक दिनमा हुनुपर्ने कामलाई ७ दिन सम्म लागेको फिल्डमा खटिएका प्राविधिकहरुको भनाई छ ।

३३ करोडको लागत तयार पारेर यो आयोजना अघि बढेको हो । संघीय आयोजना भएपनि यसलाई अघि बढाउन नगरपालिकाले ठूलो मात्रामा बजेट खर्च गरेको छ ।

यतिबेला प्राविधिकको टोलीसहितले प्रेसर टेस्टिङको कामलाई तिब्रता दिएको हो । आयोजनाबारे कुरा गर्दा मेयर कार्कीले भन्नु भयो, “हिजो जनतालाई खानेपानी खुवाउने सोच राम्रो, तर त्यसको प्राविधिक पक्षहरुको तयारी र सो अनुरुपको कार्ययोजना बनाउने कुरामा हिजोको नेतृत्व चुकेको छ ।”

आयोजना सुरु भएबाट हालसम्म पाँचवटा ठेकेदार कम्पनीहरु फेरिसकेका छन् । सम्झौला लागत १९ करोड ३२ लाख ५७ हजार पुगीसकेको छ ।

कामलाई सल्टाउन नै निकै सकस परेको मेयर कार्कीले बताउनु भयो । तथापी तीब्र गतिमा प्राविधिक सहितको टोलीले काम गरिरहेको उहाँले बताउनु भयो । सबै समस्याको समाधान गरेर छिट्टै जनतालाई खानेपानी वितरण गर्ने मेयर कार्कीले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

प्रेसर टेस्टिङको क्रममा थुप्रै लापरबाहीहरु भेटिएको प्राविधिकहरु बताउछन् । कतै अलपत्र अवस्थामा पाइप छोडिएको छ भने कतै फुटेको पाइप भेटिएको छ । एक दिनमा हुनुपर्ने कामलाई ७ दिन सम्म लागेको फिल्डमा खटिएका प्राविधिकहरुको भनाई छ ।

आयोजना सुरु भएबाट हालसम्म पाँचवटा ठेकेदार कम्पनीहरु फेरिसकेका छन् । सम्झौला लागत १९ करोड ३२ लाख ५७ हजार पुगीसकेको छ । पछिल्लो पाँचौ ठेक्का कविन्द्र क्रिष्ट गौरी गणेश कन्ट्रक्सनलाई दिइएको छ । ९ करोड ९ लाख ६५ हजार कन्ट्रक्सनको सम्झौता लागत रहेको छ । जसमध्ये पछिल्लो समय १ करोड ८३ लाख ५८ हजार अर्थात २० प्रतिशत खर्च भएको छ ।

विशेषत यो आयोजना नगरपालिकाको ७ र ९ वडालाई लक्षित गरेर अघि बढाइएको हो । आयोजनाबाट करिब ६ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन्

“उपेन्द्र कार्की मेयरको रुपमा आइसकेपश्चात उहाँले गहन रुपमा आयोजनालाई लिनु भएको छ । पहिले लथालिङ्ख भएको आयोजना लयमा आइसकेको छ । काम धमाधम भइरहेको छ”, कविन्द्र क्रिष्ट गौरी गणेश कन्ट्रक्सनका कृष्ण केसी बताउनु हुन्छ ।

विशेषत यो आयोजना नगरपालिकाको ७ र ९ वडालाई लक्षित गरेर अघि बढाइएको हो । आयोजनाबाट करिब ६ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन् । जतिसक्दो जनताको घरमा खानेपानी पुर्याउन लागिपरेको वडा नं ७ र ९ का वडाध्यक्ष भीमसेन थापा र अनिल थापा बताउनु हुन्छ ।

तस्विरमा हेर्नुहोस प्रेसर टेस्टिङ गर्दा देखिएका लापरवाहीहरु


प्रकाशित | १९ भाद्र २०८०, मंगलवार १९:४४