सूर्यविनायक नगरपालिकाले भब्य रुपमा मनायो ६७ औं सहकारी दिवस (तस्विरहरु)

भक्तपुर: सूर्यविनायक नगरपालिकाले ६७ औं सहकारी दिवस भब्य रुपमा मनाएको छ । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ नगरपालिकाले नगरभित्रका रहेका सयौ सहकारी संस्थाका हजारौ सदस्यहरुको सहभागितामा प्रभातफेरी गर्दै सहकारी दिवस भब्य रुपमा मनाएको हो ।

नगरपालिकाको प्रागणबाट सिर्जनानगर सल्लाघारी हुँदै पुर्न नगरपालिका प्रागण मै आएर सभामा परिणत भएको थियो । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । विभिन्न बाजागाजा, भेषभूषाका साथ कार्यक्रममा उपस्थिति सहकारीकर्मी तथा सहकारी सदस्यहरुले कार्यक्रम भरिभराउ थियो ।

सो अवसरमा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले नगरभित्रका रहेका सहकारी संस्थाहरुको सहभागितामा भब्य रुपमा कार्यक्रम आयोजना गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । मेयर थापाले नगरभित्र २०३ वटा सहकारी संस्था रहेकोमा छिटफुट बाहेक सहकारी संस्थाहरुमा कुनै समस्या नरहेको बताउनुभयो ।

उहाँले नगरपालिकाले सहकारीहरुलाई नीति नियमको परिधिमा राख्ने कार्य गर्दै आए पनि कुनै अकुंश लगाउने कार्य भने नगरेको बताउनुभयो । नगरपालिकाको रेखदेख गर्ने मात्र काम भएको बताउँदै सहकारी संस्थाहरुले आफ्नो दायित्व भुल्न नहुनेतर्फ सचेत गराउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सहकारी संस्थाहरुले मूल्य मान्यतालाई आत्मसाथ गर्दै उद्देश्य केन्द्रीत भएर काम गर्नुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिका सहकारी ऐन बनाउने पहिलो नगरपालिका भएको स्मरण गराउनहुँदै नगरपालिकाभित्र रहेका ऐन कानुन र निति विधिमा चलेका सहकारीहरुमा कुनै समस्या नभएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेल, नगर प्रवक्ता रविन्द्र सापकोटा, वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ, जिल्लास्तीय विभिन्न सहकारी संघका प्रतिनिधिहरु, सहकारी विज्ञहरुलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

आर्थिक विकास समितिका सभापति पुष्पराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्लामा भएका जिल्ला सहकारी संघ र विषयगत संघहरुको समेत समन्वय रहेको थियो ।


प्रकाशित | २० चैत्र २०८०, मंगलवार २२:३७