कागेश्वरी मनोहरा नगरपालिकाको वडालाई अधिकार प्रत्यायोजन, निश्चित रकम वडाबाटै खर्च गर्न सकिने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले निश्चित रकम बरावरको चालु तथा पूँजीगत खर्च वडा कार्यालयबाटै गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख उपेन्द्र काकीले निश्चित रकम सम्मको खर्च वडा कार्यालयबाटै गर्ने ब्यवस्था गरिने उल्लेख गर्नु भएको हो । नगरपालिकाले दुई वा तीन वटा वडामा एक जना लेखाको कर्मचारीले हेर्ने गरि आर्थिक […]

सूर्यविनायकले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्न दिने जग्गाधनीलाई सम्पत्ती करमा ५० प्रतिशत छुट दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकता दिदैं नीति तथा कार्यक्रम बनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदैं नगरपालिकाले कृषि तथा पशुपन्छी क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकीकरण एवं बजारीकरणका साथै समग्र विकास गर्न नगर कृषि गुरु योजना तर्जुमा गर्ने भएको छ । “कृषि प्राविधिक कृषक […]

चाँगुनारायण नगरबासीलाई यातायातको सहज पहुँचमा पुर्‍याउन ‘विद्युतीय नगर बस’ सञ्चालनमा ल्याइँदै

भक्तपुर: चाँगुनारायण नगरबासीलाई सार्वजनीक यातायातको सहज पुहँचमा पुर्याउन विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । विद्युतीय बस सञ्चालनका लागि नगरपालिकाका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीसहितको कर्मचारीको टोलीले बिहिबार विभिन्न स्थानमा बसको परीक्षण समेत गरेको छ । नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत वातावरण मैत्री बनाउने उद्देश्यका साथ विद्युतीय बस […]

कागेश्वरी मनोहराले उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनामा न्यूनतम लगानी बीस प्रतिशत कायम गर्ने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले उपभोक्ता समितिमार्फत हुने आयोजनाहरुमा उपभोक्ताको लगानी न्यूनतम बीस प्रतिशत कायम गर्ने भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको विकास आयोजनामा नागरिकको सहभागिताको लागि उपभोक्ताको लगानी न्यूनतम बीस प्रतिशत काम गर्ने नीति तथा कार्यक्रममा समावेश गर्नु भएको हो । त्यस्तै, टोल विकास समितिहरुलाई पचास/पचास प्रतिशतको साझेदारीमा विकास निर्माण गतिविधि सञ्चालन […]

सूर्यविनायकले घ्याम्पेडाँडादेखि मालिगाउँ हुँदै काँक्राबारीसम्मका क्षेत्रहरुलाई पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्ने

भक्तपुर । सूर्यविनायक नगरपालिकाले पर्यटन प्रबद्र्धनमा विशेष जोड दिने भएको छ । नगरपालिकाले नगरभित्रका विभिन्न क्षेत्रलाई पर्यटन पब्रद्र्धनका रुपमा विकास गर्ने नीति लिएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घ्याम्पेडाँडा, रानीकोट, चुच्चेढुंगा, पोखरीथुम्का, अनन्तलिङ्ग, कैलाशडाँडा, सुवर्णेश्वरडाँडा, मालिगाउँ, बुकाचोगढी, काँक्राबारी, भंगाल, सल्लाघारी, राधाकृष्ण मन्दिर लगायतका पर्यटकीय क्षेत्रहरुलाई साहसिक एवं मनोरञ्जनात्मक खेलस्थल, पार्क, संग्रहालय, उद्यान, […]

मध्यपुर थिमीको नेपाल-कोरिया मैत्री अस्पताल स्तरोन्नतिको लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाद्धारा सञ्चालीत नेपाल कोरिया मैत्री अस्पताललाई दक्षिण कोरियाली सरकारले ठूलो रकम बराबरको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल कोरिया मैत्री अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गर्ने भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र […]

कागेश्वरी मनोहराको मूलपानीमा करिब ३० लाख अनुदानमा मिट मार्ट स्थापना, उपप्रमुख थापाद्धारा उद्घाटन

भक्तपुर: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ स्थित मूलपानीमा करिब ३० लाख अनुदानमा मिट मार्ट स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकाका उपप्रमुख शान्ता थापाले मिट मार्टको स्थापना गर्दै संघीय सरकारको सशर्त अनुदानतर्फ लागत साझेदारी कार्यक्रम अन्तर्गत मिट मार्ट स्थापना गरिएको बताउनुभयो । उपप्रमुख थापाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ, सफा, ताजा र निरोगी […]