कागेश्वरी मनोहराले उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनामा न्यूनतम लगानी बीस प्रतिशत कायम गर्ने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले उपभोक्ता समितिमार्फत हुने आयोजनाहरुमा उपभोक्ताको लगानी न्यूनतम बीस प्रतिशत कायम गर्ने भएको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको विकास आयोजनामा नागरिकको सहभागिताको लागि उपभोक्ताको लगानी न्यूनतम बीस प्रतिशत काम गर्ने नीति तथा कार्यक्रममा समावेश गर्नु भएको हो ।

त्यस्तै, टोल विकास समितिहरुलाई पचास/पचास प्रतिशतको साझेदारीमा विकास निर्माण गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्ने नीति पनि लिइएको छ ।

नगरपालिकाकामा बसोबास गर्ने विभिन्न क्षेत्रमा विज्ञता प्राप्त ब्यक्तीहरुलाई पहिचान गरी उनीहरुको ज्ञान, सीप, क्षमता र अनुभवलाई नगरपालिकाका विकासमा पूर्ण उपयोगको लागि विज्ञ समूह गठन गर्ने भएको छ ।

नगरपालिका र सबै वडा कार्यालयहरुमा डिजीटल नागरिक वडापत्र ब्यवस्था गरिने, सेवा प्रवाहमा नागरिकको अधिकतम सहभागिता सुनीश्चित गर्न डिजीटल गुनासो सुुुनुवाई प्रभावकारी बनाइने, सार्वजनीक सरोकारका महत्वपूर्ण विषयलाई बृहत्त नगर संवाद, भिडियो कन्फ्रेन्स प्रक्रिया स्थापीत गर्ने भएको छ ।

त्यस्तै, सडक कालोपत्रे गर्न, ढलान गर्न, ब्लक छाप्न, ढल निकासको लागि पचास/पचास प्रतिशत लागत सहभागिताको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने नीति पनि लिएको छ ।


प्रकाशित | २८ असार २०८०, बिहीबार १९:४४