निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत सांसदलाई ६ करोड

काठमाडौं: निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ६ करोड पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडलाई बढाएर ६ करोड पुर्याएका हुन । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको छ ।

बजेट २०७६/७७ : १ हजार मेगावाट बिजुली थप हुने

काठमाडौं:  आगामी वर्ष १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । माथिल्लो तामाकोसी र रसुवागढी र अन्य आयोजना सम्पन्न हुने छन । निजी तथा सार्वजनिक लगानीमा यी आयोजना सम्पन्न हुने छन ।

बजेट २०६७/६७ : उखु किसानलाई ९५ करोड अनुदान दिने घोषणा

काठमाडौं: सरकारले किसानका लागि ९५ करोड रुपैयाँ अुनदान दिने घोषणा गरेको छ । यसअघि दिँदै आएको अनुदानलाई आगामि आर्थिक वर्ष ०७६÷७७का लागि पनि निरन्तरता दिएको हो । किसानले उखु प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान पाउँदै आएका छन् । मुख्यगरी रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलबस्तु, कञ्चनपुरमा करिब एक लाख किसानले उखु खेती गर्दै आएका […]

बजेट २०७६/७७ : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

काडमाठौं: प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आर्थिक वर्ष २०७६र७७ मा ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि स्थानीय तहमा हुने आयोजनामा लगाउने भएको छ । स्थानीय तहमा सुचिकृत भएका बेरोजगारहरुलाई पहिलो प्राथमिकतामा दिइने छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन १ सय र चाँदी १० रुपयाँले घटेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, […]

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं: आज जेष्ठ १५ गते बुधबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २१ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८१ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० […]

बजेटको आकार साढे १५ खर्ब रुपैयाँको हाराहारीमा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७६ ०७७ को बजेट आज सार्वजनीक गर्दैछ । संघीय संसदमा सो बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नुहुनेछ । बजेट सार्वजनीक गर्नुअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे […]