बजेट २०६७/६७ : उखु किसानलाई ९५ करोड अनुदान दिने घोषणा

काठमाडौं: सरकारले किसानका लागि ९५ करोड रुपैयाँ अुनदान दिने घोषणा गरेको छ । यसअघि दिँदै आएको अनुदानलाई आगामि आर्थिक वर्ष ०७६÷७७का लागि पनि निरन्तरता दिएको हो । किसानले उखु प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान पाउँदै आएका छन् । मुख्यगरी रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलबस्तु, कञ्चनपुरमा करिब एक लाख किसानले उखु खेती गर्दै आएका छन् ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १७:२०