बजेटको आकार साढे १५ खर्ब रुपैयाँको हाराहारीमा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७६ ०७७ को बजेट आज सार्वजनीक गर्दैछ । संघीय संसदमा सो बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नुहुनेछ । बजेट सार्वजनीक गर्नुअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गर्ने कार्यक्रम छ ।

वृद्ध भत्ता र कर्मचारीको तलब वृद्धि गर्दै अर्थमन्त्रीले साढे १५ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी रहेको बुझिएको छ । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई १४ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको सिलिङ बुझाएको थियो। बजेटमा चालु वर्ष झै ८ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राखिएको छ। ८ प्रतिशतको आर्थिक बृद्धिका लागि स्रोत व्वस्थापन राजश्वबाट करिव १० खर्ब, करिव दुई खर्ब आन्तरिक ऋण र बाँकी विदेशी ऋण तथा सहायतामा निर्भर गरिएको छ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १०:४७