यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं : आज जेष्ठ १६ गते बिहीबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ४४ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ०४ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९६ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

काठमाडौं: बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट पाँच रुपैयाँ र डिजेलबाट तीन रुपैयाँ कर उठाउन सुरु हुनेछ । मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको […]

आर्थिक वृद्धि ८.५ प्रतिशत

काठमाडौं : आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ८ प्रतिशत लक्ष्य रहेकोमा आगामी वर्ष ०।५ प्रतिशत मात्र आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । यस्तै मुद्रास्फिती ६ प्रतिशतसम्म हुने अनुमान सरकारको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत सांसदलाई ६ करोड

काठमाडौं: निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ६ करोड पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडलाई बढाएर ६ करोड पुर्याएका हुन । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको छ ।

बजेट २०७६/७७ : १ हजार मेगावाट बिजुली थप हुने

काठमाडौं:  आगामी वर्ष १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । माथिल्लो तामाकोसी र रसुवागढी र अन्य आयोजना सम्पन्न हुने छन । निजी तथा सार्वजनिक लगानीमा यी आयोजना सम्पन्न हुने छन ।

बजेट २०६७/६७ : उखु किसानलाई ९५ करोड अनुदान दिने घोषणा

काठमाडौं: सरकारले किसानका लागि ९५ करोड रुपैयाँ अुनदान दिने घोषणा गरेको छ । यसअघि दिँदै आएको अनुदानलाई आगामि आर्थिक वर्ष ०७६÷७७का लागि पनि निरन्तरता दिएको हो । किसानले उखु प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान पाउँदै आएका छन् । मुख्यगरी रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलबस्तु, कञ्चनपुरमा करिब एक लाख किसानले उखु खेती गर्दै आएका […]

बजेट २०७६/७७ : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

काडमाठौं: प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आर्थिक वर्ष २०७६र७७ मा ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि स्थानीय तहमा हुने आयोजनामा लगाउने भएको छ । स्थानीय तहमा सुचिकृत भएका बेरोजगारहरुलाई पहिलो प्राथमिकतामा दिइने छ ।