एनआरएनएको आयोजनामा नयाँ पर्यटकीय स्थल खोजी गर्दै पदयात्रा

पोखरा:  गैर आवासीय नेपाली संघसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा पोखरामा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा नयाँ पर्यटकीय स्थलको खोजी गर्ने उद्देश्यले गरिएको हो । एनआरएनए, पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा भएको पदयात्राको संघकी अध्यक्ष रविना थापाले उद्घाटन […]

दुःखमा मल्हम लगाउन अघि सर्ने कृष्णजीवी: जसको कारण विकटमा बन्यो प्रसूति गृह

सुनीता पोखरेल मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवि आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै […]

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्व प्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराउनु भएको छ । पार्टीको तर्फबाट महामन्त्रीद्वय थापा र शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको हो । महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा […]

‘नेपाल आयरल्याण्ड डे’ जुलाई ३ मा मनाइने, सहभागिताको लागि एनआरएनएको आह्वान

डब्लिन : आगामी जुलाई ३ तारिखका दिन ‘नेपाल आयरल्याण्ड डे’ हुने भएको छ । कोरोनाको कारण तीन वर्षपछि नेपाली राजदुतावास लन्डन, नेपाल आयरल्याण्ड समाज र एनआरएनए आयरल्याण्डको संयुक्त आयोजनामा जुलाई ३ आइतबारका दिन Farmleigh, phoenix park Dublin मा ‘नेपाल आयरल्याण्ड डे’ मनाउन लागिएको हो । ‘नेपाल आयरल्याण्ड डे’ को अवसरमा नेपाली भेषभुषा तथा संस्कृति झल्कने […]

हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

काठमाडौं:  हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । नेपालको […]

एसआइ युके नेपालले जेष्ठ २८ गते ‘लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने

काठमाडौं:  एसआइ युके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार (आज) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो । अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ […]

सोलुखुम्बुको टापटिङमा बर्थिङ सेन्टर निर्माणका लागि सेभेन समिटले ४० लाख सहयोग गर्ने

काठमाडौं : सेभेन समिट फाउन्डेशनले सोलुखुम्बुको सोलु-दुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माणको लागि ४० लाख सहयोग गर्ने भएको छ । यसअघि फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरे पनि सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स खरिद गर्न पाउँने भएपछि सेभेन समिटिले यसअघिको रकम थपेर बर्थिङ सेन्टर निर्माण गर्ने निर्णय […]