हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

काठमाडौं:  हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो ।

दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ ।

नेपालको कला र नेपाली उत्पादनलाई हङकङको बजारमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा निरन्तर लाग्दै आउनुभएको पुनले हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्रािष्ट्रय बजारमा पुर्याउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउनु भएको छ ।

त्यस्तै, पुनको नेतृत्वमा संघले नेपालको समग्र विकासमा विशष योगदान गरिरहेको महावीर पुनको अबिष्कार केन्द्रलाई ४० लाख सहयोग गर्न सफल भएको छ ।

त्यसैगरि, पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न पुनको महत्वपूर्ण योगदान छ ।

त्यस्तै, नेपाली र नेपाल सरकारलाई सहयोग गरेवापत विदशमा बस्ने गैर आवासीय नेपाली नागरिकमध्येबाट नेपाल सरकारबाट प्रदान गरिने दुई वटा प्रदकबाट समेत पुन विभूषित भइसक्नु भएको छ ।

सन २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुने पहिलो र अन्तिम ब्यक्ती समेत हुनुहुन्छ ।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील पुन एनआरएनको संस्थापक हुँदै, कोषाध्यक्ष र आइसिसी सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ ।

पुनले प्रवासमा बसेर समग्र म्याग्दी जिल्लाको सम्मृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेर प्रवासी नेपाली संघ स्थापना गर्नुभएको थियो । पुन म्याग्दी प्रवासी नेपाली संघ (मोना) को संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।


प्रकाशित | २७ जेष्ठ २०७९, शुक्रबार २१:३७