दुःखमा मल्हम लगाउन अघि सर्ने कृष्णजीवी: जसको कारण विकटमा बन्यो प्रसूति गृह

सुनीता पोखरेल

मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवि आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ ।

This image has an empty alt attribute; its file name is 3-1024x576.jpg

नेपालको तनहुँबाट विश्वकै सपनाको देश अमेरिकासम्मको यात्रा तय गरिसक्दा पनि उहाँमा सहयोगी भावना घटेन, बरु झन् झन् झागिँदै गयो । यसैको फलस्वरुप उहाँले विभिन्न संघसंस्थामा आबद्धता जनाउनु भयो र अमेरिकामा रहेका नेपालीहरुको पिडामा मात्रै होइन नेपालको दुर दराजका क्षेत्रमा पनि सहयोगका लागि हात अघि बढाउन थाल्नु भयो । जसको पछिल्लो उदाहरण हो, सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा न.१ टाट्के चौरमा बनाएको प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र ।

कृष्णजीवी पन्थको सहयोगी भावनाको कारण नै आज विकट क्षेत्रका हजारौं महिलाहरुले सहज रुपमा उपचार सेवा पाएका छन् । आफ्नो गृह जिल्ला तनहुँलाई भन्दा पनि विकट क्षेत्रका महिलाहरु उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको बाध्यतालाई महशुुस गरेर नै कर्णालीको विकट क्षेत्रमा प्रसुति गृह बनाएको उहाँको भनाई छ । 

निस्वार्थ भावनाले आफूलाई समाजप्रति त्याग र अर्पण गर्नु नै समाजसेवा गर्नु हो । कृष्णजीवी पन्थको सहयोगी भावनाको कारण नै आज विकट क्षेत्रका हजारौं महिलाहरुले सहज रुपमा उपचार सेवा पाएका छन् । आफ्नो गृह जिल्ला तनहुँलाई भन्दा पनि विकट क्षेत्रका महिलाहरु उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको बाध्यतालाई महशुुस गरेर नै कर्णालीको विकट क्षेत्रमा प्रसूति गृह बनाएको उहाँको भनाई छ । वास्तवमै एक व्यक्तिको भावना, लगन र समाजका लागि केही गर्ने अठोटले आज सो क्षेत्रका हजारौ महिलाहरु लाभान्वित बनेका छन् ।

एनआरएनए अमेरिकाको प्रमुख आर्थिक सहयोग एवम् मानव विकास तथा सामुदायिक सेवा चौरजाहरी अस्पताल र कुमाख गाउँपालिकाको समन्वयमा सो प्रसुती गृह बनेको हो ।

This image has an empty alt attribute; its file name is 4-1024x576.jpg

एनआरएनए अमेरिकाको आर्थिक सहयोग भनीए पनि त्यो ठाउँमा जाँदा आउँदा, सामान ढुवानी गर्दाको खर्च नै ठूलो छ । एक पटक पुगेर आउँदै लाखौ खर्च हुन्छ । कृष्णजीवी त्यो ठाउँमा धेरै पटक पुगिसक्नु भएको छ जुन आफ्नै ब्यक्तीगत खर्च हो ।

समाजसेवा धनले भन्दा पनि मन अनि भावनाले हुने वरिष्ठ उपाध्यक्ष पन्थ बताउनु हुन्छ । जति अरूलाई सेवा ग¥यो त्यति नै पुण्य मिल्ने कुरामा उहाँ विश्वास राख्नु हुन्छ ।

करिब ४० लाख लागतमा बनाएको प्रसुति गृहको गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको पन्थले गाँउपालिकाकालाई हस्तान्तरण पनि गरिसक्नु भएको छ ।

एनआरएनए अमेरिकाको आर्थिक सहयोग भनीए पनि त्यो ठाउँमा जाँदा आउँदा, सामान ढुवानी गर्दाको खर्च नै ठूलो छ । एक पटक पुगेर आउँदै लाखौ खर्च हुन्छ । कृष्णजीवी त्यो ठाउँमा धेरै पटक पुगिसक्नु भएको छ जुन आफ्नै ब्यक्तीगत खर्च हो ।

प्रसुति गृहमा डाँडागाउँ, भितिवनचौर, नुवागाउ, साधनमुढा, भितिवन आसपासका ठाउँका सुत्केरीले सेवा लिइरहेका छन् । सो क्षेत्रमा बनेको प्रसुती गृहले अस्पतालले भन्दा ठूलो काम गरेको छ ।

भवन बनाउनका लागि स्थानीयले पाँच रोपनी जग्गा दान दिएका थिए । परियोजना सम्पन्न गर्नको लागि सहयोग गर्ने एनआरएनए अमेरिका, कुमाख गाउँपालिका, मानव विकास तथा सामुदायिक सेवा, चौरजहारी अस्पताल, भवनको लागि ५ रोपनी जग्गा दान गर्ने सिता राना र दले रानालगायत सरोकारवालालाई एनआरएनए अमेरिकाले धन्यवाद ज्ञापन गरेको छ ।

This image has an empty alt attribute; its file name is 5.jpg

पसूति गृह निर्माण गर्ने मात्र नभई यसलाई नियमीत रुपमा सञ्चालन गर्न आवश्यक जनशक्तीको खर्च समेत कृष्णजीवी आफैले ब्यहोर्नु भएको छ । दुई वर्षसम्म एक जना सुत्केरी गराउने नर्सको तलब भत्ता उहाँ आफैले ब्यर्होनु भएको हो।

पसूति गृह निर्माण गर्ने मात्र नभई यसलाई नियमीत रुपमा सञ्चालन गर्न आवश्यक जनशक्तीको खर्च समेत कृष्णजीवी आफैले ब्यहोर्नु भएको छ । दुई वर्षसम्म एक जना सुत्केरी गराउने नर्सको तलब भत्ता उहाँ आफैले ब्यर्होनु भएको हो।

सो परियोजनाको व्यवस्थापनको जिम्मा गाउँपालिकाको रहेको छ भने चौरजहारी अस्पतालले प्रसुती गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको छ ।

एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरूले राहत पाउन सकेका छन् । राज्य वा ठुला निकायको मात्र भर पर्ने हो भने गरिब, दुःखी तथा पिछडीएका वर्गहरुको अवस्था के हुन्थ्यो होला ? त्यो हामी कल्पना पनि गर्न सक्दैनौ ।

This image has an empty alt attribute; its file name is 1-1-1024x768.jpg

कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवा भावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो खोल्दछ । कृष्णजीवी पन्थको सहयोगी हातहरुका कारण गरिब दिनदुःखी तथा पिछडीएका वर्गहरुले पुर्नजन्म पाएका छन् र त आज खुशीसाथ बाँच्न पाएका छन् ।


प्रकाशित | ५ आश्विन २०७९, बुधबार २०:२०