‘नेपाल आयरल्याण्ड डे’ जुलाई ३ मा मनाइने, सहभागिताको लागि एनआरएनएको आह्वान

डब्लिन : आगामी जुलाई ३ तारिखका दिन ‘नेपाल आयरल्याण्ड डे’ हुने भएको छ । कोरोनाको कारण तीन वर्षपछि नेपाली राजदुतावास लन्डन, नेपाल आयरल्याण्ड समाज र एनआरएनए आयरल्याण्डको संयुक्त आयोजनामा जुलाई ३ आइतबारका दिन Farmleigh, phoenix park Dublin मा ‘नेपाल आयरल्याण्ड डे’ मनाउन लागिएको हो ।

No description available.

‘नेपाल आयरल्याण्ड डे’ को अवसरमा नेपाली भेषभुषा तथा संस्कृति झल्कने गरि विभिन्न सांस्कृतिक प्रस्तुति गरिनेछ भने पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले नेपालको फोटो प्रदर्शनी र विभिन्न स्टलहरु समेत राखिनेछ ।

सहभागिताको लागि एनआरएनए आयरल्याण्डको अपिल

This image has an empty alt attribute; its file name is binod-karki-1024x813.jpg

गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष विनोद कार्कीले ‘नेपाल आयरल्याण्ड डे’ मा सहभागिताका लागि सबैमा अपिल गर्नु भएको छ ।

No description available.

आयरल्याण्डमा बस्ने सबै गैर आवासीय नेपालीहरु मिलेर आफ्नो देश, भाषा र संस्कृतिको विस्तार गरि नेपालको पर्यटन पर्बद्धनमा जोड दिनुपर्ने बताउँदै अध्यक्ष कार्कीले कार्यक्रममा सहभागि जनाइ कार्यक्रम भब्य रुपमा सफल बनाइदिन अपिल गर्नु भयो ।


प्रकाशित | ४ असार २०७९, शनिबार २३:०३