एनआरएनएको आयोजनामा नयाँ पर्यटकीय स्थल खोजी गर्दै पदयात्रा

पोखरा:  गैर आवासीय नेपाली संघसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा पोखरामा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा नयाँ पर्यटकीय स्थलको खोजी गर्ने उद्देश्यले गरिएको हो ।

No description available.

एनआरएनए, पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा भएको पदयात्राको संघकी अध्यक्ष रविना थापाले उद्घाटन गर्नु भएको थियो ।

No description available.

सो अवसरमा अध्यक्ष थापाले पदयात्राले पोखरामा लुकेका पर्यटक क्षेत्रलाई अगाडि ल्याउन सहयोग पुग्ने बताउनु भयो । उहाँले पदयात्रा भएका ठाउँबाट पोखराको रमणीय स्थलको अवलोकन गर्न सकिने र यस्ता ठाउँको उचित प्रचारप्रसार गर्न सकेमा पर्यटकको आगमनको संख्या बढाउन सकिने पनि बताउनु भयो ।

No description available.

पर्यटकीय पूर्वाधारका लागि आवश्यक संरचना निर्माण गर्न आवश्यक रहेकोमा जोड दिर्दै अध्यक्ष थापाले पर्यटकको संख्या वृद्धि गराउन बाटोको विकास गर्नुपर्ने उल्लेख गर्नु भयो ।

पर्यटकीय स्थलको खोजी गर्न काँहुखोला भञ्ज्याङ-चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा गरिएको थियो भने पदयात्राको दूरी ८ देखि १० किलोमिटर थियो। पदयात्रामा करिब दुई सय जनाको सहभागीता रहेको थियो ।


प्रकाशित | १३ आश्विन २०७९, बिहीबार २१:५६