एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी दर्ता

काठमाडौ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी र सफल ब्यवसायीको रुपमा आफूलाई प्रस्तुत गर्नु भएको शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको छ । सस्थामा पदीय हिसावले खासै जिम्मेवारी निर्वाह नगरे पनि बाहिरबाटै उहाँले महत्वपूर्ण योगदान गर्नु भएको छ । विशेष गरि जापानमा सामाजीक कार्यमा उहाँको नाम एक नम्बरमा आउने गर्दछ ।

लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आउनु भएको उहाँ सामाजिक, परोपकारी क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । एनआरएनएमा निस्वार्थ हिसावले काम गर्ने उद्देश्यले यो अभियानमा जोडिएको उहाँको भनाई छ । एनआरएनएको संस्थागत विकास र रुपान्तरणका लागि लागिपर्नेलगाउत उहाँको एजेन्डा छन् ।

कम बोल्ने र काममा विश्वास गर्ने स्वभावका शेरचनलाई यो पटक उपाध्यक्षमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ । डां महेश श्रेष्ठ र डां बद्री केसी दुवै टिमबाट उहाँलाई साझा उम्मेदवार समेत राखिएको छ ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार २३:५१