एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाद्धारा उम्मेदवारी फीर्ता लिएको घोषणा

काठमाडौं:  गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको छ ।

औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको र त्यसको नेतृत्व श्रेष्ठले मात्र गर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो । थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा श्रेष्ठ बलियो उम्मेदवार बन्नु भएको छ ।


प्रकाशित | १ कार्तिक २०८०, बुधबार २२:०३