लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा सुनिलबाबु खड्का चुनीनु भएको छ । मंगलबार सम्पन्न विशेष अधिवेशनले यसअघि उपाध्यक्ष रहनु भएको खड्कालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो। अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आइसीसीले पदमुक्त गरेपछि कार्यसमितिको बहुमत पक्षले विशेष अधिवेशन गरी अध्यक्ष चुनेको हो । खड्का अध्यक्ष भएसंगै रिक्त उपाध्यक्ष पदमा अधिवेशनले सर्वसम्मत […]
काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादनको सम्भाब्यताबारे बृहत छलफल गर्दै नेपाल ग्रीन हाइड्रोजन सम्मेलन सकिएको छ । दुई दिनसम्म चलेको सम्मेलनले हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापन लगायतका विषयमा बृहत छलफल गरेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो । एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र […]
काठमाडौं : गैर आवासीय नेपाली संघको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । संघको वार्षिक साधारण सभामा पेश भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको हो । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु सुनील साह, लोक प्रसाद दाहाल र फणिन्द्र पन्त तथा […]
काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक ’नेपाल ग्रीन हाइड्रोजन समीट (एनजीएचएस)’ सुरु भएको छ । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो कार्यालय भवन खरिद गरेको छ । भर्जिनियामा कार्यालय खरीद गर्न सफल भएको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुबेदी र वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो । भवन खरीदका लागि सहयोग गर्ने सबैलाई एनआरएनए अमेरिकाले धन्यबाद व्यक्त गरेको छ । अध्यक्ष बुद्धि सागर […]
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले सार्वजनिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गर्नु भएको हो । नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर सो परियोजना अघि बढाईने एनआरएनएले जनाएको छ । संघले शिक्षासंगै […]
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा रबिना थापाको कार्यकाल सुरु भएको छ । पदधारण सम्हाले पश्चात् विज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष रविना थापाले एनआरएनमा रहेका विभिन्न तिक्तता हटाउँदै संस्थाभित्र आत्मियता कायम गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । संस्था भित्र विगतमा देखिएका विभिन्न असमझदारीहरुलाई अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने कार्यकारी अध्यक्ष थापाले […]