एनआरएनएको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित

काठमाडौं : गैर आवासीय नेपाली संघको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । संघको वार्षिक साधारण सभामा पेश भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको हो ।

काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु सुनील साह, लोक प्रसाद दाहाल र फणिन्द्र पन्त तथा कोषाध्यक्षमण्डलहरुद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको हो ।

उता संघको विधान समितिका संयोजक डा. हेम राज शर्माद्धारा प्रस्तुत विधान प्रतिवेदन माथिको छलफल भने जारी राखिएको छ । विधान सम्बन्धी प्रतिवेदनका विषयमा बुधबारसम्म निर्णय लिइसकिने भएको छ ।

कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा संघका अध्यक्ष डा. बद्री केसी, कुल आचार्य लगायत संघका पदाधिकारीहरुको उपस्थिति थियो ।


प्रकाशित | २५ आश्विन २०७९, मंगलवार १०:२३