चाँगुनारायण नगरबासीलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न ‘सुरक्षित पानी र उत्थानशिल नगरपालिका’ परियोजनाको शुभारम्भ

भक्तपुर: चाँगुनारायण नगरबासीलाई स्व्च्छ खानेपानीको सुनीश्चत गर्ने उद्देश्यले सुरक्षित पानी र उत्थानशिल नगरपालिका सर्वोच परियोजनाको शुभारम्भ भएको छ । चाँगुनारायण नगरपालिकामा नेदरल्याण्डको आर्थिक सहयोगमा सुरु गर्न लागिएको सर्वोच परियोजनामा खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली र सामाजिक समावेशको समान विचारधारा भएका संस्थाहरू सिमावी र विस्वा एड्भाइजर नामक संस्थासंगको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा नेपाल […]

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा, पाँच बुँदे नीतिगत योजनासहितका प्रतिबद्धता सार्वजनीक

काठमाडौं: गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको ११ औं महाधिवेशनका लागि श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनएको महाधिवेशन आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुँदैछ । ‘समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले […]

सुर्यविनायक नगरपालिकाले विविध कार्यक्रम गरि मनायो राष्ट्रिय बाल दिवस, आगामी तीन वर्षभित्र बालमैत्री नगर बनाउने प्रतिबद्धता (फोटोफिचर)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि बाल दिवस मनाएको छ । बाल दिवसको अवसर पारेर नगरपालिकाका विभिन्न ठाउँमा विविध कार्यक्रम आयोजना गरि मनाइएको हो । बालबालिकामा लगानीमा ,सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाले लोकनृत्य तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । आधारभुत तह स्तरीय लोक नृत्य प्रतियोगितामा मनोरम बोर्डिङ्ग स्कुल प्रथम, […]

कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने प्रतिबद्धता

काठमाडौं: सरोकारवाला निकायहरुले कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने प्रतिबद्धता गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र बाल विकास समाजको सहकार्यमा आइतबार आयोजित गोष्ठीमा सरोकारवालाहरुले नगरलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता जनाउनु भएको हो । कार्यक्रममा नगर प्रमुख तथा नगर बाल विकास समिति संरक्षक उपेन्द्र कार्कीले नगरपालिकालाई बालश्रम मुक्त बनाउने प्रतिबद्धता-पत्रमा हस्तक्षर गर्नु भयो । […]

चाँगुनारायणको विकासमा होमिएका मेयर खत्री, काम गरेर देखाउने हुटहुटी,भन्छन्, ‘कार्यकालभित्रै समृद्ध नगर बनाउँछु’

भक्तपुर: उपत्यकाकै स्थानीय तह भएपनि चाँगुनारायण नगरउन्मुख पालिका भन्दा फरक पर्दैन । उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको यस नगरपालिका ग्रामीण भूभागले भरिएको छ । जीवन खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपश्चात नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा देखिने गरिका महत्वपूर्ण कामहरु भएका छन् । कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार […]

डांछी-भद्रबास खानेपानी आयोजनाको काम तीब्र गतिमा, ६ सय घनमिटर ओभरहेड पानी ट्याकी दशैसम्म निर्माण हुने

काठमाडौं: डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा निर्माण भइरहेको ६ सय घनमिटर ओभरहेड पानी ट्याकीको काम तीब्र गतिमा अगाडि बढेको हो । ६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत चैतमा नगर प्रमुख उपेन्द्र कार्कीले पानी ट्याकीको शिलान्यास […]

नागरिकता सम्बन्धी नियमावली गैर आवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैर आवासीय नेपालीमैत्री […]