कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने प्रतिबद्धता

काठमाडौं: सरोकारवाला निकायहरुले कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने प्रतिबद्धता गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र बाल विकास समाजको सहकार्यमा आइतबार आयोजित गोष्ठीमा सरोकारवालाहरुले नगरलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।

कार्यक्रममा नगर प्रमुख तथा नगर बाल विकास समिति संरक्षक उपेन्द्र कार्कीले नगरपालिकालाई बालश्रम मुक्त बनाउने प्रतिबद्धता-पत्रमा हस्तक्षर गर्नु भयो ।

त्यस्तै, नगर उपप्रमुख तथा नगर बाल विकास समिति संयोजक शान्ता थापा, वडा नंं १ का वडाध्यक्ष मुकुन्द गजुरेल, ३ का वडा नं ३ का वडाध्यक्ष रामणी पुडासैनी, वडा नंं ४ का वडाध्यक्ष विजय श्रेष्ठ, वडा नंं ५ का वडाध्यक्ष शंकर पाण्डे, ६ का वडाध्यक्ष प्रकाश फुयाँल र ७ का वडाध्यक्ष भिमसेन थापालगायत जनप्रतिनिधि तथा कर्मचारी र विभिन्न सरोकारावाला निकायहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कार्यक्रममा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय सह-सचिव प्रतिभा गौतमले सहजीकरण गर्नु भएको थियो ।

नगरपालिका महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख सविना श्रेष्ठले कार्यक्रममा उठेका विभिन्न सवालका विषयमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा नगर कार्यापलिका सदस्यहरु र विभिन्न शाखा प्रमुखहरुको पनि सहभागिता थियो ।


प्रकाशित | १७ भाद्र २०८०, आईतवार २०:३४