चाँगुनारायणको विकासमा होमिएका मेयर खत्री, काम गरेर देखाउने हुटहुटी,भन्छन्, ‘कार्यकालभित्रै समृद्ध नगर बनाउँछु’

भक्तपुर: उपत्यकाकै स्थानीय तह भएपनि चाँगुनारायण नगरउन्मुख पालिका भन्दा फरक पर्दैन । उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको यस नगरपालिका ग्रामीण भूभागले भरिएको छ । जीवन खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपश्चात नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा देखिने गरिका महत्वपूर्ण कामहरु भएका छन् ।

कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार भन्ने नारासहित चाँगुनारायण नगरपालिकाले पछिल्लो एक वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको हो । नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने काममा नगरपालिका अब्बल रहेको छ ।

चाँगुनारायण नगरपालिकाले ८१ दशमलब २६ प्रतिशत बजेट खर्च गर्दै उपत्यकाकै सबैभन्दा बढी खर्च गर्ने पालिका बन्न समेत सफल भएको छ । आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले १ अर्ब ७३ करोड ७६ लाख ७२ हजार १ सय ७२ रुपैया खर्च गर्न सफल भएको हो । आर्थिक वर्ष ८०÷८१ का लागि अघि सारिएको नीति तथा कार्यक्रममा समेटिएका विषयहरुलाई नगरपालिकाले क्रमिक रुपमा कार्यान्वयन गर्दै अघि बढेको छ ।

चाँगुनारायण नगरपालिका जनतालाई सहज, सरल र छिटो स्वास्थ्य सेवा प्रवाह गर्न लागि परेको छ । पछिल्लो एक वर्षमा नगरपालिकामा स्वास्थ्य क्षेत्रमा जनमुखी काम भएका छन् । नगरप्रमुख खत्री नेतृत्वमा आइसकेपश्चात नगरबासीले निशुल्क रगत र अक्सिजन प्राप्त गर्दै आएका छन् । चाँगुनारायण अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो । स्थानीय तह जनताको नजिकको सरकार भएकाले जनप्रतिनिधि भएको महशुश गराउन लागिपरेको मेयर खत्रीले बताउनु भयो ।

नगरबासीकै नजिक रहेर नगरबासीका समस्याहरुलाई मनन गर्दै नगरबासीकै सल्लाह सुझाव अनुसार अघि बढिरहेको मेयर खत्रीको भनाई छ । डेंगी रोग नियन्त्रणका लागि नगरपालिकाले पहलकदमी लिइरहेको छ । यसअघि गाईहरुमा फैलिएको लम्पि स्किन रोग नियन्त्रणका लागि नगरपालिकाले गरेको काम निकै नै प्रशंशनीय छ । नगरपालिकाले अन्य क्षेत्रमा पनि निकै सकारात्मक कदमहरु गरिरहेको छ ।

मेयर खत्रीले विकास निर्माणका लागि योजनाबद्ध रुपमा अगाडि बढेको बताउनुभयो । नगरपालिकाको विकास गर्नका लागि चालु आर्थिक वर्षमा सोही अनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उहाँको भनाई छ । विगतमा विकट रहेका वडाहरु पनि पछिल्लो समय विकासउन्मुख बन्दै गएको छ मेयर खत्री जनताले दिएको जिम्मेवारीलाई गहन रुपमा मनन गर्दै विकास निर्माणमा समर्पित भइरहनु भएको छ ।

हिलाम्मे सडकहरुलाई चाडै कालोपत्रे गर्न मेयर खत्री लागिपर्नु भएको छ भने दुई वर्षभित्र सबै सडकहरुको कालोपत्रे तथा स्तरोन्नति गरिसक्ने लक्ष्य छ । विशेष गरि जनताको दैनिक जीवन सहज बनाउन लागिपरेको उहाँको भनाई छ । आफुले निर्वाचन ताका गरेका बाचाहरु पूरा गरिछाड्ने मेत्रर खत्रीले बताउनुभयो । भौगोलिक दृष्टिकोणले निकै नै ठूलो रहेको चाँगुनारायण नगरपालिकामा स्रोत साधनको कमी भए पनि विकास निर्माणमा नगरपालिकाले विभिन्न निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै समृद्धि नगर बनाउन लागिपरेको छ ।


प्रकाशित | १३ भाद्र २०८०, बुधबार २०:२३