सुर्यविनायक नगरपालिकाले विविध कार्यक्रम गरि मनायो राष्ट्रिय बाल दिवस, आगामी तीन वर्षभित्र बालमैत्री नगर बनाउने प्रतिबद्धता (फोटोफिचर)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि बाल दिवस मनाएको छ ।

बाल दिवसको अवसर पारेर नगरपालिकाका विभिन्न ठाउँमा विविध कार्यक्रम आयोजना गरि मनाइएको हो ।

बालबालिकामा लगानीमा ,सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाले लोकनृत्य तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।

आधारभुत तह स्तरीय लोक नृत्य प्रतियोगितामा मनोरम बोर्डिङ्ग स्कुल प्रथम, मोर्डन अंग्रेजी सेकेन्डरी स्कुल द्वितिय, प्रेसस इङ्गलिस स्कुल तृतीय तथा ज्योती मावि र सिद्दार्थ इङ्गलिस स्कुलले सान्त्वना स्थान हाासिल गरेका छन ।

सो अवसरमा बोल्दै नगर प्रमुख बासुदेव थापाले आगामी २०८३ सम्ममा बालमैत्री नगर बनाउन आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।

उहाँले बालमैत्री नगर बनाउनका लागि नगर तथा वडामा बजेटको व्यवस्था गरी नगरपालिका तथा सबै वडामा बालमैत्री कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

साथै उहाँले जोमिखमा परेका बालबालिकाको खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्मिलनका कोषको परिचालन गरि बालबालिका जोखिममुक्त नगर स्थापना गर्ने नीति लिएर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द्र सापकोटा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्न बहादुर कट्टवाललगायतले पनि बोल्नु भएको थियो । त्यस्तै, नगरका विभिन्न ठाउँमा पनि विविध कार्यक्रमको आयोजना गरि बाल दिवस मनाइएको छ ।


प्रकाशित | २९ भाद्र २०८०, शुक्रबार २१:५३