टाउको दुखिरहन्छ? अपनाउनुस् यी ८ उपाय

आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भिडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ : १. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने २. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने […]

नेपाल औषधि ब्यवसायी संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचीत

काठमाडौं: नेपाल औषधि व्यवसायी संघको १३ औं राष्ट्रिय अधिवेशनबाट मृगेन्द्रमेहर श्रेष्ठ अध्यक्षमा निर्वाचीत हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । श्रेष्ठले १४१ मत प्राप्त गरि विजयी हुनुभयो भने पतिस्पर्धी लोकहरि श्रेष्ठले १०१ मत प्राप्त गर्नुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल सर्वसम्मत निर्वाचीत हुनुभयो । उपाध्यक्ष (आयात […]

देशै भरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं: देशैभरिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । वैशाख ६ र ७ गते दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ । कार्यक्रममा देशभरका ५० लाख २५ […]

क्यान्सरलाई जित्न सफल अभिनेत्री मनिषा कोइरालाले गरिन सगरमाथा बेस क्याम्पको ट्रेकिङ

काठमाडौं: चर्चित भारतीय अभिनेत्री मनिषा कोइराला सगरमाथा बेस क्याम्पको ट्रेकिङ गर्नुभएको छ । क्यान्सर रोगलाई जित्नुभएको कोइरालाले सगरमाथाको बेस क्याम्प ट्रेकिङमा पुग्नुभएको हो । अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरूका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा जानुभएको थियो । ट्रेकिङबाट फीर्ता हुनुभएको कोइराललो विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र श्वास्थ्य सेवाको उचित व्यवस्था […]

चिकित्सकको आन्दोलन दुई साताको लागि स्थगित

काठमाडौं: सरकारी चिकित्सक संघले दुई साताको लागि आन्दोलन स्थगित गरेका छन् । कर्मचारी समायोजनको सूचीको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले दुई साताकको लागि आन्दोलन स्थगीत गरेको हुन । सरकारी पक्षले दुई साता समय मागेपछि गोदानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले सरकारले शनिबार दुई […]

आन्दोलनरत चिकित्सकहरूले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं : आन्दोलनरत नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएका छन् । संघले ७२ घन्टासम्म आफूहरुको माग पूरा नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । संघले आफूहरुको माग वार्ता र संवादको माध्यमबाट माग पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने भन्दै सरकारलाई अल्टिमेटम  दिएका हुन ।  संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको […]

‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कसले रोकेको छ ? राजीनामा दिए भै हाल्छ’

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकहरुले राखेको माग संविधान विपरित भएको बताउनुभएको छ । डाक्टरहरुले आन्दोलन गर्दै सेवा नदिएर बिरामीहरुलाई निजी क्लिनीकहरुमा जानतर्फ आकर्षित गराउनु संविधान विपरीत भएको बताउनुभयो । सरकारको आदेश नमानेर आन्दोलन गर्दै सेवा नदिने डाक्टरहरुलाई राजीनामा दिएर बाटो सुल्झाउन आग्रह गर्नुभयो । ‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने […]