चिकित्सकको आन्दोलन दुई साताको लागि स्थगित

काठमाडौं: सरकारी चिकित्सक संघले दुई साताको लागि आन्दोलन स्थगित गरेका छन् । कर्मचारी समायोजनको सूचीको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले दुई साताकको लागि आन्दोलन स्थगीत गरेको हुन । सरकारी पक्षले दुई साता समय मागेपछि गोदानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले सरकारले शनिबार दुई हप्ता आन्दोलन स्थगित गर्न आह्वान गरेपछि आइतबार बसेको बृहत भेलाले जारी आन्दोलन दुई हप्ताको लागि स्थगित गर्ने निर्णय गरिएको हो ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १८:५४