देशै भरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं: देशैभरिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । वैशाख ६ र ७ गते दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ । कार्यक्रममा देशभरका ५० लाख २५ हजार ३८३ जना बालबालिकालाई खुवाइने सरकारको योजना रहेको छ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २६ लाख ६८ हजार ५ सय ४० जना र जुकाको औषधि २३ लाख ५६ हजार ८ सय ४३ जना बालबालिकालाई खुवाइँदैछ ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १३:२०