पहिलो पटक डाक्टर भेट्दा ८९ वर्षीय पेमाको आँखा रसाए

दिनेश दुलाल /बाह्रबिसे (सिन्धुपाल्चोक)   बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिंगार्चेकी ८९ वर्षिय पेमा तामाङले आफ्नो जीवनमा केहिल्यै डाक्टर देख्न पाउनुभएको थिएन । घाँस, दाउरा र मेलापात गर्दै उहाँको ८९ बसन्त बित्यो तर पैदल हिडेर चार घण्टा टाढा बाह्रबिसे सम्म उपचारको लागि भनेर उहाँ कहिल्यै आईपुग्नुभएन । बुढेसकाल लागे पछि त झन उहाँलाई उपचार गर्न जान […]

हुम्लामा अज्ञात रोगका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो, २ सय बढी विरामी

हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण आज थप एक जनाको मृत्यु भएको छ । ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । […]

गुल्मीमा फैलिएको झाडापखालाका कारण एक जनाको ज्यान गयो, १ सय ६० बढी बिरामी

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका ४ को दजाकोटमा फैलिएको झाडापखला अझै नियन्त्रणमा आउँन सकेको छैन । झाडापखालाका कारणा वडा नम्बर ४ दजाकोटका १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। झाडापखालाबाट बिरामी हुनेहरुको संख्या १ सय ६० पुगेको छ । मुसिकोटमा उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीका अनुसार बिरामीहरुमध्ये […]

हुम्लामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुग्यो, दर्जनौ घाइते

हुम्ला: हुम्लामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा […]

समयमै तलब नपाएको भन्दै आन्दोलनमा उत्रिए नर्स

काठमाडौं: नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न ६ बुँदे माग राखी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित बनेको छ । सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना […]

विश्वमै पहिलो पटक मलेरियाको भ्याक्सिन प्रयाेग

एजेन्सी: अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरियाको भ्याक्सिन सार्वजनिक गरिएको छ । विश्वभरि प्रत्येक वर्ष चार लाख पैतिस हजार बालबालिकाको ज्यान जाने यो रोगबाट बच्नका लागि ३० वर्षदेखि प्रयास जारी थियो । यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षका बालबालिकाका लागि विकसित गरिएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मलावी सरकारको यो ऐतिहासिक कार्यक्रमको स्वागत […]

सात महिना नपुग्दै २० वर्षीया महिलाले जन्माइन् एकै पटक चार सन्तान

वीरगन्ज : २० वर्षीया महिलाले एकै पटकमा ३ सन्तान जम्माएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका( ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरासहित चारजना शिशुलाई जन्माएकी हुन ।  वीरगन्ज हेल्थ केयर हस्पिटलमा खातुनले जन्माएको तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको […]