क्यान्सरलाई जित्न सफल अभिनेत्री मनिषा कोइरालाले गरिन सगरमाथा बेस क्याम्पको ट्रेकिङ

काठमाडौं: चर्चित भारतीय अभिनेत्री मनिषा कोइराला सगरमाथा बेस क्याम्पको ट्रेकिङ गर्नुभएको छ । क्यान्सर रोगलाई जित्नुभएको कोइरालाले सगरमाथाको बेस क्याम्प ट्रेकिङमा पुग्नुभएको हो । अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरूका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा जानुभएको थियो ।

ट्रेकिङबाट फीर्ता हुनुभएको कोइराललो विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र श्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको छ । काठकाडौंमा पत्रकार सम्मेलन अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको ट्रेकिङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको बताउँदै त्यहाँको शिक्षा र स्वास्थ्यको समाधान गरिदिन सरकासँग गर्नुभएको हो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १९:४४