टाउको दुखिरहन्छ? अपनाउनुस् यी ८ उपाय

आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भिडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ :

१. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने
२. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने
३. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सेवन नगर्ने
४. चम्किलो प्रकाश र भिडभाडबाट टाढै रहने
५. अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने
६. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने
७. चिन्तामुक्त भएर बस्ने कोसिस गर्ने
८. कम्तिमा पनि ६ देखि ८ घन्टा आरामले सुत्ने।

(अकु. विशाल श्रेष्ठ, अकुपञ्चरिस्ट ब्लुलोटस अस्पताल, टेकु)


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १२:२०