सात महिना नपुग्दै २० वर्षीया महिलाले जन्माइन् एकै पटक चार सन्तान

वीरगन्ज : २० वर्षीया महिलाले एकै पटकमा ३ सन्तान जम्माएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका( ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरासहित चारजना शिशुलाई जन्माएकी हुन ।  वीरगन्ज हेल्थ केयर हस्पिटलमा खातुनले जन्माएको तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको छ । अस्पतालको प्रसूति विभागकी चिकित्सक डा। स्वेता चौधरीका अनुसार खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएक हुन । चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १८:५७