गण्डकी प्रदेशका नवलपरासी, तनहुँ, गोरखा र मनाङमा थपिए ४२ संक्रमित, संक्रमितको संख्या २८९ पुग्यो

पोखरा : गण्डकी प्रदेशका चार जिल्लामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २८९ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बिहीबार थपिएका नवलपरासीका १८ […]

अबदेखि अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन, विज्ञापन बोर्ड गठन गरिदैं

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अब अनलाइन सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन दिने बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विज्ञापन अब छापाको माध्यमबाट मात्र होइन, अन्य माध्यमबाट पनि दिन सकिन्छ भन्ने व्यवस्था गरिएको बताउनुभयो । अर्थमन्त्री […]

नेपालमा एकै दिन थपिए ५ सय ८६ जना कोरोना संक्रमित, संक्रमित संख्या ७ हजार १ सय ७७ पुग्यो

काठमाडौं : नेपालमा एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणका क्रममा देशका विभिन्न भागमा गरि ५ सय ८६ थपिएका हुन । यो सहित नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । अहिलेसम्म […]

कालापानी निरीक्षणमा प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे

काठमाडौं : नेपाल भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुग्नुभएको छ । सो टोलीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुग्नुभएको छ । आज बिहान साढे ७ बजे सेनाको स्काई ट्रकमार्फत् प्रधानसेनापति थापा र आइजीपी खनाल […]

गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित, संक्रमित संख्या २४७ पुग्यो

पोखरा : गण्डकी प्रदेशमा बुधबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २४७ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टी भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका […]

आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १र२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जसका कारण ती क्षेत्रहरूका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत […]

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं : नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ७३ जिल्लामा देखिएको संक्रमण मंगलबार थप ३ सय ८० जनामा देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणका क्रममा देशका विभिन्न भागमा गरि ३ सय ८० जनमा देखिएको हो । यो सहित नेपालमा […]