उपत्यका प्रवेशमा थप कडाइ, स्थानीय तहको अनुमति अनीवार्य

काठमाडौँ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यका प्रवेश र उपत्यका बाहिर जानको लागि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आइतवार विज्ञप्ति जारी गरी उपत्यका प्रवेशमा थप कडाई गरिएको जनाएको हो । असार १ गते सोमबारबाट उपत्यकामा भने जोर–बिजोर सवारी लागू भएको छ । उपत्यका प्रवेश पाउनका लागि काठमाडौँको कुन नगरपालिकामा बसोवास हो […]

नेपालमा एकै दिन थपीए ४२५ कोरोना संक्रमीत, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं : नेपालमा आइतबार एकै दिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ३ सय ७५ पुरुष र ५० जना महिलासहित ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय […]

पर्वत पहिरो अपडेट : आठ जनाको शव भेटियो, एक बेपत्ता

कुस्मा : पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ । पुरिएकामध्ये एक जना भने अझै बेपत्ता छन् । शनिबार राति गएको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो । प्रहरीका अनुसार पहिरोमा पुरिएका तुलबहादुर थापा, नीलकुमारी थापा, दीपा […]

पर्वत पहिरो अपडेट : पुरिएका मध्ये छ जनाको शव फेला, तीनको खोजी जारी

कुस्मा : पर्वतको कुश्मा नगरपालीका –३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो । घरभन्दा माथिवाट आएको […]

पर्वत पहिरो अपडेट : पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता

कुस्मा : पर्वतमा गए राती गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका नौ जनामध्ये तीन जनाको राती र आइतबार बिहान दुई जनाको शव भेटिएको हो । पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा स्थानीय तुलबहादुर थापा र कमला विकको घर गए राती पहिरोले पुरिँदा नौ जना बेपत्ता भएका थिए । तुलबहादुर […]

पर्वतमा पहिरोमा पुरिएर तीनको मृत्यु, छ जना वेपत्ता

कुश्मा : शनिबार राती भीषण वर्षा सहित खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । गए राती गएको पहिरोमा पुरिएर स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो । कुश्मा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले राती दुई बजेसम्म […]

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङमा थपिए ६४ कोरोना संक्रमित

धनगढी : शनिबार सुदूरपश्चिममा थप ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार साँझ ५ बजे विज्ञप्ति जारी गर्दै कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङ जिल्लामा गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।