आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १र२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जसका कारण ती क्षेत्रहरूका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाद्वारा प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा आज कोसी, कन्काई, कमला, बागमती, नारायणी, पश्चितम सेती बबई लगायत नदीमा बहाव बढ्ने जनाइएको छ ।

भोलि सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने मौसमविद्ले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १ र २ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | ३ असार २०७७, बुधबार ०८:५७