गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित, संक्रमित संख्या २४७ पुग्यो

पोखरा : गण्डकी प्रदेशमा बुधबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८ र पर्वतका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २४७ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टी भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मामा अनुसार नयाँ संक्रमण हुने मध्य नवलपरासीको हप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, स्थानीय तह नखुलेका २७ वर्षका पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षका पुरुष रहेका छन् ।

यी मध्य कावासोतीका ३७ वर्षीय पुरुषको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मंगलबार कोरोना पुष्टी भएको रिपोर्ट प्राप्त भएको थियो । यस्तै पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो ।


प्रकाशित | ३ असार २०७७, बुधबार १०:५८