नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं : नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ७३ जिल्लामा देखिएको संक्रमण मंगलबार थप ३ सय ८० जनामा देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणका क्रममा देशका विभिन्न भागमा गरि ३ सय ८० जनमा देखिएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप १ सय १७ जना पनि डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ। कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।


प्रकाशित | २ असार २०७७, मंगलवार १६:३७