नेपालमा एकै दिन थपिए ५ सय ८६ जना कोरोना संक्रमित, संक्रमित संख्या ७ हजार १ सय ७७ पुग्यो

काठमाडौं : नेपालमा एकै दिन ५ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणका क्रममा देशका विभिन्न भागमा गरि ५ सय ८६ थपिएका हुन ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । अहिलेसम्म सङ्क्रमित जिल्ला ७३ पुगेको र थप एकजनाको कोरोना भाइरसले मृत्यु भएकाले कुल सङ्ख्या २० पुगेको पनि प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | ३ असार २०७७, बुधबार १६:२२