यस्तो छ अमेरिका कप खेल्ने ब्राजिलको राष्ट्रिय फुटबल टोली

एजेन्सी: घरेलु भूमिमा आयोजना हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिल राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।ब्राजिलले शुक्रबार कोपा खेल्ने २३ सदसीय टोलीको घोषणा गरेको हो । ब्राजिलको पाँच शहरमा हुने कोपा अमेरिका आगामी जुन १४ बाट सुरु हुनेछ । ब्राजिलले घोषणा गरेको टिममा नेयमार, गाब्रियल जिसस, रोबर्टो फिर्मिन्हो, फिलिपे काउटिन्हो लगायका खेलाडीले स्थान बनाएका […]

ब्रिटिस महिला खेलाडी कोन्टा इटालियन ओपन टेनिसको सेमिफाइनलमा

एजेन्सी : ब्रिटिस महिला खेलाडी जोहाना कोन्टा इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । शुक्रबार राति भएको खेलमा चेक रिपब्लिकका मार्केटा भोनड्रोउसोभालाई पराजित गर्दै कोन्टाले अन्तिम चारको यात्रा तय गरेकी हुन् । कोन्टाले मार्केटालाई ६-३, ३-६ र ६-१ को सेटमा पराजित गरिन् । अब कोन्टाले किकी बेर्टेन्ससंग खेल्ने छिन् । जापानकी ओसाका नाओमीले नाम […]

ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौंः नेपाली ब्याडमिन्टन टोली चीनको नानिङ प्रस्थान गरेको छ । सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार टोली चीन प्रस्थान गरेको हो । टोलीमा पुरुषतर्फ रत्नजित तामाङ र दिपेश धामी तथा महिलातर्फ नङशल तामाङ र अमिता गिरी रहनुहुन्छ । त्यस्तै, प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत सहभागि […]

कम उमेरका निर्णायक भन्छन् ‘खेल क्षेत्रको बजेट बढाउनुपर्छ’

काठमाडौ : पनौति ३ का दिपेन्द्र ढकाल लामो समयदेखि खेल क्षेत्रमा लागिपरेका व्यक्ति हुन् । उनी मार्सल आर्ट विधाको तेक्वान्दो खेलमा नेपालकै कम उमेरका अन्तराष्ट्रिय निणायकका रुपमा चिनिन्छन् । अहिले उनी भक्तपुर तथा काठमाडौका विभिन्न स्कुलहरुमा प्रशिक्षकको रुपमा कार्यरत छन् । थुप्रै रास्ट्रीय तथा अन्तरास्ट्रिय खेल संचालन गरिसकेका ढकाल तेक्वान्दोका तेस्रो लेबलका अन्तर्रा्ष्ट्रिय प्रशिक्षक समेत […]

ग्रिजम्यान बार्सिलोना जाने निश्चित

एजेन्सी:गत बुधबार मात्रै एट्लेटिको मड्रिड छाड्ने घोषणा गरेका एन्टोनी ग्रिजम्यान बार्सिलोना जाने निश्चित जस्तै भएको छ। तर अझै पक्का हुन भने केही दिन लाग्नेछ ।उनलाई भित्र्याउन चाहने क्लबले एट्लेटिको मड्रिडलाई १२० मिलियन युरो तिर्नुपर्ने हुन्छ। एट्लेटिको मड्रिडलाई ला लिगा फुटबलमा दोस्रो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिजम्यान ठूला र सफल खेलाडी हुन । एन्टोनी ग्रिजम्यानले सन् […]

‘मेस्सी क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डद्वारा सम्मानित

एजेन्सी:स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ । ३१ वर्षीय अर्जेन्टिनी मेस्सीलाई स्पेनको एक स्वायत्त क्षेत्र ९राज्य० का रूपमा मान्यताप्राप्त क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डद्वारा सम्मानित गरेको हो। यो अवार्ड ‘क्याटलान अवार्ड’का नामले पनि परिचित छ । यो अवार्ड केही समयअघि मात्रै जनमतसंग्रहबाट अलग राज्यका रूपमा स्थापित क्याटलान (सहर) […]

आयाक्स ५ वर्षपछि घरेलु लिगको च्याम्पियन

डच टिम आयाक्स ५ वर्षपछि घरेलु लिगको च्याम्पियन बनेको छ । यस सिजन युरोपियन च्याम्पियन्स लिगमा सनसनीपूर्ण प्रदर्शन गरेको ऊ यो सिजनको च्याम्पियन बनेको हो ।नेदरल्यान्ड्सको शीर्ष डिभिजनअन्तर्गत गत राति भएको लिगको अन्तिम खेलमा जित निकाल्दै आयाक्सले औपचारिक रूपमै लिग च्याम्पियन बनेको हो । गत राति डि ग्राफस्क्यापलाई ४–१ स्तब्ध बनाउँदै आयाक्सले उपाधि पोल्टामा पारेको […]