कम उमेरका निर्णायक भन्छन् ‘खेल क्षेत्रको बजेट बढाउनुपर्छ’

काठमाडौ : पनौति ३ का दिपेन्द्र ढकाल लामो समयदेखि खेल क्षेत्रमा लागिपरेका व्यक्ति हुन् । उनी मार्सल आर्ट विधाको तेक्वान्दो खेलमा नेपालकै कम उमेरका अन्तराष्ट्रिय निणायकका रुपमा चिनिन्छन् । अहिले उनी भक्तपुर तथा काठमाडौका विभिन्न स्कुलहरुमा प्रशिक्षकको रुपमा कार्यरत छन् । थुप्रै रास्ट्रीय तथा अन्तरास्ट्रिय खेल संचालन गरिसकेका ढकाल तेक्वान्दोका तेस्रो लेबलका अन्तर्रा्ष्ट्रिय प्रशिक्षक समेत हुन् ।  भखरै मात्र प्रदेश नम्बर ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा निणायकको भुमिका निर्बाह गरेका ढकाल भन्छन् ‘खेलाडी भनेका देशको आधार स्तम्भ हुन्, खेलाडीको वृत्तिविकासमा राज्यले ध्यान दिनुपर्छ ।’

सरकारले खेल क्षेत्रलाई नजिकको आँखाले नहेरेकै अनुभव गरेका छन् उनले । सरकारले नहेरेकै कारण खेलाडीको अवस्था अहिले पनि नाजुक भएको अनुभव गरेका छन् उनले । जीवन धान्नकै लागि कतिपय खेलाडी विदेश पलायन भएको गुनासो गरे ढकालले । राजनीतिक शक्ति केन्द्रकै आडमा एउटै प्रबृत्तिका खेलको धेरै संघ दर्ता गराएर मेनपावरको रुपमा काम गरिरहेको समेत आरोप लगाए । त्यस्ता संघलाई कार्वाही गर्नुपर्ने उनको भनाई छ ।

खेल क्षेत्रमा आवश्यक लगानी नभएको धारणा राख्ने दिपेन्द्र राज्यले रास्ट्रीय स्तरका एक दुइटा मात्र खेल सन्चालन गरेर मात्र खेलको बिकास नहुने बताउछन् । खेलकुदमा वार्षिके ०।०१५ प्रतिशत खेलकुदमा बजेट छुट्टाइएको तथ्य पेश गर्दै उनी भन्छन् ‘अन्य देशहरूले बजेटको ३० प्रतिशतसम्म खेलकुदमा छुट्टाइएका हुन्छन् ।’ नेपालको परिवेशमा नेपालको खेल क्षेत्रमा राजनीतिक हस्तक्षेपले स्थान पाइरहेकोमा दुःख व्यक्त गरे । राजनीतिक शक्ति केन्द्रकै आडमा एउटै प्रबृत्तिका खेलको धेरै संघ दर्ता गराएर मेनपावरको रुपमा काम गरिरहेको समेत आरोप लगाए । त्यस्ता संघलाई कार्वाही गर्नुपर्ने उनको भनाई छ ।

हाम्रो जस्तै साना देशहरु खेल क्षेत्रमा कसरि अगाडि बढिसकेको छ अध्ययन गरेर खेलुकुदमा राज्यले लगानी गर्नुपर्ने उनको भनाई छ । ‘थोरै बजेट र मौलाउदो भस्टाचारले कहिल्यै खेलकुद अगाडि बढ्न सक्दैन । प्रत्येक जिल्लामा भौतिक पुर्बाधार सहितको अन्तरास्ट्रिय रंगशाला हुनुपर्छ ।’ उनले भने ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १८:१९