आयाक्स ५ वर्षपछि घरेलु लिगको च्याम्पियन

डच टिम आयाक्स ५ वर्षपछि घरेलु लिगको च्याम्पियन बनेको छ । यस सिजन युरोपियन च्याम्पियन्स लिगमा सनसनीपूर्ण प्रदर्शन गरेको ऊ यो सिजनको च्याम्पियन बनेको हो ।नेदरल्यान्ड्सको शीर्ष डिभिजनअन्तर्गत गत राति भएको लिगको अन्तिम खेलमा जित निकाल्दै आयाक्सले औपचारिक रूपमै लिग च्याम्पियन बनेको हो ।

गत राति डि ग्राफस्क्यापलाई ४–१ स्तब्ध बनाउँदै आयाक्सले उपाधि पोल्टामा पारेको हो ।आयाक्सलाई जिताउन डुसान ट्याठिकले २ गोल गरे भने लासे स्काने र निकोलस ट्याग्लियाफिकोले ११–१ गोल गरे । यता, पराजित टोलीका लागि युसेफले १ गोल गरे ।

यस सिजन आयाक्सले दोस्रो स्थानको पिएसभी इन्डोभिनलाई ३ अंकले पछि पारेर उपाधि जित्यो । आयाक्सले ३४ खेलबाट कूल ८६ अंक बनायो भने पिएसभीले ८३ अंक बनायो ।यससँगै आयाक्स सन् २०१४ पछि पहिलोपटक घरेलु लिग च्याम्पियन बनेको हो । केही समयअघि अघि मात्रै आयाक्सले डच कपको उपाधि जितेको थियो ।

 


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार २१:३९