यस्तो छ अमेरिका कप खेल्ने ब्राजिलको राष्ट्रिय फुटबल टोली

एजेन्सी: घरेलु भूमिमा आयोजना हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिल राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।ब्राजिलले शुक्रबार कोपा खेल्ने २३ सदसीय टोलीको घोषणा गरेको हो । ब्राजिलको पाँच शहरमा हुने कोपा अमेरिका आगामी जुन १४ बाट सुरु हुनेछ ।

ब्राजिलले घोषणा गरेको टिममा नेयमार, गाब्रियल जिसस, रोबर्टो फिर्मिन्हो, फिलिपे काउटिन्हो लगायका खेलाडीले स्थान बनाएका छन् । केही युवा र उदीयमान खेलाडीले टोलीमा मौका पाएका छन् भने केही अनुभवी र स्टार खेलाडीलाई भने टोलीमा राखिएको छैन ।

जो स्टार भएरपनि टिममा पर्न सकेनन्

यसपटक टोलीमा भरपर्दा लेफ्ट ब्याक मार्सेलोलाई राखिएको छैन । स्पेनिस रियल मड्रिडबाट खेलिरहेका ३१ वर्षीय मार्सेलोलाई यसपटक प्रशिक्षक टिटेले विश्वास गरेनन्।उनको स्थानमा इटालियन युभेन्टसबाट खेलिरहेका लेफ्ट ब्याक एलेक्स सान्ड्रोलाई टोलीमा मौका दिएका छन्।त्यसैगरी, ब्राजिलको टोलीमा निकै अपेक्षा गरिएका रियल मड्रिडकै युवा खेलाडी भिनिसियस जुनियरलाई पनि राखिएको छैन । हालसालै चोटमुक्त हुँदैन फर्किएका उनी टोलीमा पर्नेमा धेरैको विश्वास रहे पनि अन्तिम समयमा टिटेले उनलाई टोलीमा स्थान दिएनन् ।

त्यसैगरी, इंग्लिस टिम टोटनह्यामबाट खेल्ने फरवार्ड लुकास मोउरा पनि टोलीमा अँटेनन् । हालसालै टोटनह्यामलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा डच टिम आयाक्सविरुद्ध सनसनीपूर्ण कमब्याक जित दिलाउन मोउरालो सनसनीपूर्ण ह्याट्रिक गरेका थिए ।

उनकै प्रेरणादायी प्रदर्शनमा टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा छ । तर, टिटेले च्याम्पियन्स लिगका ह्याट्रिक हिरोलाई टोलीमा मौका दिएनन् ।त्यसैगरी, इटालियन युभेन्टसका फरवार्ड डग्लस कोस्टा पनि ब्राजिलको टोलीमा छैनन् । युभेन्टसबाट खेल्ने द्रुत गतिका फरवार्ड उनलाई टिटेले कोपामा मौका दिएनन् ।

त्यसैगरी, इंग्लिस क्लब चेल्सीका स्टार खेलाडी विलियनलाई पनि टोलीमा राखिएको छैन । अर्को इंग्लिस टिम लिभरपुलका मिडफिल्डर फाविन्होलाई पनि टोलीमा राखिएको छैन । त्यस्तै, चेल्सीकै डिफेन्डर डेभिड लुइज पनि टोलीमा परेका छैनन् ।

केही स्टार खेलाडी टोलीमा नपर्दा यसपटक केही युवा खेलाडीले भने मौका पाएका छन् । जसमा इंग्लिस क्लब एभर्टनका रिचार्लिसन, डच टिम आयाक्सका डेभिड नेरेस, स्पेनिस बार्सिलोनाका अर्थुर मेलोलगायत खेलाडी टोलीमा परेका छन् ।यस्तो

ब्राजिलको टिम :

गोलकिपर : एन्डरसन, एलिसान, कासियो

डिफेन्डर : डानी अल्भेस, थिएगो सिल्भा, मार्क्विन्होस, फिलिप लुइस, मिरन्डा,फाग्नेर, इडेर मिलिटाओ, एलेक्स सान्ड्रो,

मिडफिल्डर :स्एल्लन, आर्थर,कासिमिरो,फर्नानडिन्हो, लुकास, फिलिपे काउटिन्हो

फरवार्ड : नेयमार,एभर्टन,रोबर्टो फिर्मिन्हो,गाब्रियल जिसस,डेभिड नेरेस, रिचार्लीसन


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १७:३७