ग्रिजम्यान बार्सिलोना जाने निश्चित

एजेन्सी:गत बुधबार मात्रै एट्लेटिको मड्रिड छाड्ने घोषणा गरेका एन्टोनी ग्रिजम्यान बार्सिलोना जाने निश्चित जस्तै भएको छ। तर अझै पक्का हुन भने केही दिन लाग्नेछ ।उनलाई भित्र्याउन चाहने क्लबले एट्लेटिको मड्रिडलाई १२० मिलियन युरो तिर्नुपर्ने हुन्छ।

एट्लेटिको मड्रिडलाई ला लिगा फुटबलमा दोस्रो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिजम्यान ठूला र सफल खेलाडी हुन । एन्टोनी ग्रिजम्यानले सन् २०१४ देखि एट्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनले एट्लेटिकोका लागि २५६ खेलबाट १३३ गोल गरिसकेका छन् ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १०:०८