ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौंः नेपाली ब्याडमिन्टन टोली चीनको नानिङ प्रस्थान गरेको छ । सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार टोली चीन प्रस्थान गरेको हो । टोलीमा पुरुषतर्फ रत्नजित तामाङ र दिपेश धामी तथा महिलातर्फ नङशल तामाङ र अमिता गिरी रहनुहुन्छ । त्यस्तै, प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत सहभागि हुनुहुन्छ ।

प्रतियोगितामा दक्षिण एसियाका ३ सहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहने छ । यही मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुषरमहिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १९:५१