ब्रिटिस महिला खेलाडी कोन्टा इटालियन ओपन टेनिसको सेमिफाइनलमा

एजेन्सी : ब्रिटिस महिला खेलाडी जोहाना कोन्टा इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । शुक्रबार राति भएको खेलमा चेक रिपब्लिकका मार्केटा भोनड्रोउसोभालाई पराजित गर्दै कोन्टाले अन्तिम चारको यात्रा तय गरेकी हुन् । कोन्टाले मार्केटालाई ६-३, ३-६ र ६-१ को सेटमा पराजित गरिन् । अब कोन्टाले किकी बेर्टेन्ससंग खेल्ने छिन् । जापानकी ओसाका नाओमीले नाम फिर्ता लिएपछि क्वाटरफाइनल नखेली बेर्टेन्स सेमिफाइनलमा पुगेकी हुन् । महिलातर्फ अर्को सेमिफाइनलमा करोलिना प्लिस्कोभा र मारिया सक्कारीले खेल्ने छिन् ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०९:२७