एनआरएनए हाँक्न मैदानमा उत्रीए केसी, आचार्य र थापा

काठमाडौं –  गैर आवासीय नेपाली संघको निर्वाचनमा नेतृत्वको लागि होडबाजी शूरु भएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा नेतृत्वको लागि होडबाजी शूरु भएको हो । नेतृत्वको लागि उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र अघिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी कुल आचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिंदै जाँदा नेतृत्वका आकांक्षी केसी, […]

एनआरएनए महिला संयोजकमा उमा कार्की थापाको उम्मेदवारी घोषणा

टेक्सस – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा उमा कार्की थापाले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । अमेरिकाज् क्षेत्रीय महिला संयोजक रहनु भएको थापाले केन्द्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । थापाले बिगत लामो समय देखी एनआरएन अमेरिकालाई संस्थागत बनाउने अभियानमा महिला संयोजक हुँदै एनआरएनए एनसिसी अमेरिकाको उपाध्यक्षको जिम्मेवारी समालीसक्नु भएको […]

एनआरएनएमा अबको नेतृत्व, मेरो यात्रा, योगदान र उम्मेदवारीको सवाल

सोनाम लामा अबको नेतृत्वको सवाल गैर आवासीय नेपाली संघको १० औ विश्व सम्मेलन आगामी अक्टोवर २३–२५ मा हुँदैछ । विश्व सम्मेलन नजिकिंदै गर्दा निर्वाचनको चहलपहल पनि बढ्दै गएको देखिन्छ । यतिखेर संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वको सवालमा पनि बहश शूरु भएको छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । […]

एनआरएनए यूरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरु

आयरल्याण्ड –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा यूरोप क्षेत्रीय सहसंयोजक शुक्रराज न्यौपानेले संयोजक पद्मा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए आयरल्याण्डको पूर्व अध्यक्ष समेत रहनु भएको न्यौपानेले आगामी कार्यकालको लागि यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । न्यौपानेले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धताहरु पनि सार्वजनिक गर्नु भएको […]

एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सह-संयोजकमा यज्ञ राज सुबेदीको उम्मेदवारी घोषणा

सियोल –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एसिया प्याशिफिक क्षेत्रीय सहसंयोजकमा यज्ञ राज सुबेदीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ‘संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सिप आर्जन, स्वदेशमा स्वरोजगार’ भन्ने मूल नाराका साथ सुबेदीले क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष समेत रहनु भएको सुबेदीले विभिन्न […]

विधानविपरीत आएका प्रतिनिधिहरुको नामावली रद्ध, तीन दिनभित्र पुन: पठाउन निर्देशन

काठमाडौं –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा सहभागि हुने मतदाताहरुको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिइएको छ । अन्तराष्ट्रिय समन्वय परिषद्ले विधानविपरीत आएका प्रतिनिधिहरुको नामावलीलाई अस्वीकार गर्दै प्रक्रिया पुर्याएर तीन दिनभित्र मतदाताहरुको विवरण पुन: पठाउन निर्देशन दिएको हो । यसअघि संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई अगष्ट १५ सम्म केन्द्रीय प्रतिनिधिहरुको विवरण पठाउन भनेको […]

संसारभरी छरिएका युवाहरुलाई एनआरएनमा गोलबन्द गराउन मेरो उम्मेदवारी : मिलन छन्त्याल

आयरल्याण्ड – गैर आवासीय नेपाली संघ आयरल्याण्डका निवर्तमान अध्यक्ष मिलन छन्त्यालले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । छन्त्यालले आगामी कार्यकाल (२०२१-०२३) को लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले संस्थाका अग्रज, अभियन्ता तथा आत्मिय मित्रहरुको आन्तरिक परामर्शमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनु […]