संसारभरी छरिएका युवाहरुलाई एनआरएनमा गोलबन्द गराउन मेरो उम्मेदवारी : मिलन छन्त्याल

आयरल्याण्ड – गैर आवासीय नेपाली संघ आयरल्याण्डका निवर्तमान अध्यक्ष मिलन छन्त्यालले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । छन्त्यालले आगामी कार्यकाल (२०२१-०२३) को लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

उहाँले संस्थाका अग्रज, अभियन्ता तथा आत्मिय मित्रहरुको आन्तरिक परामर्शमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनु भयो । उहाँले संसारभरी छरिएर रहेका सम्पूर्ण युवाहरुलाई गैर आवासीय संघ प्रति गोलबन्द गराउदै संस्थालाई हुने खानेबाट हुँदा खानेको पहुँचमा रुपान्तरण गराउने तर्फ आफ्नो विशेष ध्यान जाने बताउनु भयो ।

छन्त्यालले युवाहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि मुलकुको आर्थिक सम्मृद्धिमा लगाउने कार्यमा सहयोगी भूमीका खेल्ने बताउनु भयो । आफूले युवाहरुको सवालमा विभिन्न एजेन्डाहरु चाँडै सार्वजनीक गर्ने पनि बताउनु भयो ।

अन्तरास्ट्रिय सम्मेलन तथा महाधिबेशनको लागि विभिन्न देशहरुबाट चयन हुनु भएका सम्पूर्ण प्रतिनिधिहरुको समर्थन र सहयोगको अपेक्षा पनि गर्नु भएको छ ।


प्रकाशित | १० भाद्र २०७८, बिहीबार १८:२५