गैर आवासीय नेपाली नागरिकता विधेयक अघि बढ्ने संकेत, मन्त्रीदेखि राजनीतिक दलले जनाए प्रतिबद्धता

काठमाडौं – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाउन सरकारी निकायदेखि राजनीतिक दलसम्म एकमत देखिएका छन् । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले पारित गरि संसदमा पठाए पनि विधेयक अझै अन्यौलमा छ । तर सरकारी निकाय र राजनीतिक दलहरुसँग भएको छलफलले भने केहि आसा पलाएको छ । गैर आवासीय […]

एनआरएनए महिला सह-कोषाध्यक्ष पदमा योगिता थापाको उम्मेदवारी

बेल्जियम –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला सहकोषाध्यक्ष पदमा योगिता थापाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । थापाले आगामी अक्टोवरमा हुने १० औं विश्व सम्मेलनमा महिला सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलनमा युरोपको महिला संयोजकमा निर्बिरोध निर्बाचित थापा त्यसअघि […]

एनआरएनए आइसिसी महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा कोरियाबाट जुनु गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुन लागिरहेको एनआरएनएको १० औं विश्व सम्मेलनमा गुरुङले आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको अघिल्लो नवौ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहनु भएको गुरुङ […]

एनआरएनएको विश्व सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन

काठमाडौँ  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल […]

अफगानिस्तानबाट स्वदेश फर्किन १३४ जना नेपालीले मात्रै भरे विवरण

काठमाडौँ  – अगानिस्तानबाट नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताए पनि हालसम्म १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण भरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेबपोर्टलमा सोमबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका हुन । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ […]

एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदै एनआरएनए अमेरिका

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी गरेको छ । एनसिसी अमेरिकाले १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग संकलन भइरहेको प्रवक्ता तोया दाहालले जानकारी […]

एनआरएनए हङकङले उपाध्यक्षमा त्रिलोक, महिला सचिवमा टिका र डिआरसीमा दिलिपसिंहलाई उठाउने

हङकङ –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनमा एनसिसी हङकङले तीन जनालाई अगाडि सारेको छ । सोमबार बसेको एनसीसी हङकङको बैठकले हङकङबाट आधिकारिक रुपमा आइसिसी उपाध्यक्ष, महिला सचिव र एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हो । अध्यक्ष गोकर्ण ढकालका अनुसार आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक त्रिलोक गुरुङ, महिला […]