एनआरएनए महिला संयोजकमा उमा कार्की थापाको उम्मेदवारी घोषणा

टेक्सस – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा उमा कार्की थापाले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । अमेरिकाज् क्षेत्रीय महिला संयोजक रहनु भएको थापाले केन्द्रीय महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

थापाले बिगत लामो समय देखी एनआरएन अमेरिकालाई संस्थागत बनाउने अभियानमा महिला संयोजक हुँदै एनआरएनए एनसिसी अमेरिकाको उपाध्यक्षको जिम्मेवारी समालीसक्नु भएको छ । 

सो क्रममा हेल्प लाईनको अवधारणा ल्याएर अमेरिका भरी हेल्प डेस्कको स्थापना गरि हेल्पलाईन सेवा प्रदान गर्न सफल हुनु भएको थियो ।

उहाँले आफूसँग भएको क्षमता र अनुभवलाई लिएर फेरी पनि निर्णय तहमा महिला सहभागितामा जोड दिने मुख्य उद्देश्यका साथ आगामी अक्टोबर महिनामा हुन गइरहेको निर्वाचनमा महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरिएको बताउनु भयो ।


प्रकाशित | १४ भाद्र २०७८, सोमबार ०७:३१