एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सह-संयोजकमा यज्ञ राज सुबेदीको उम्मेदवारी घोषणा

सियोल –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एसिया प्याशिफिक क्षेत्रीय सहसंयोजकमा यज्ञ राज सुबेदीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ‘संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सिप आर्जन, स्वदेशमा स्वरोजगार’ भन्ने मूल नाराका साथ सुबेदीले क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष समेत रहनु भएको सुबेदीले विभिन्न पाँच बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको हो । सुबेदीले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको संस्थापक सदस्य समेत हुनुहुन्छ । सन् (२०१९-२०२१) मा एनआरएनए केन्द्रीय बिधान संसोधन समितिको सदस्य भएर पनि उहाँले काम गरिसक्नु भएको छ ।

त्यस्तै, दक्षिण कोरियाका वर्तमान राष्ट्रपति मुन जे इनको अध्यक्षता रहेको उत्तर दक्षिण कोरिया शान्तिपूर्ण एकता समितिको सल्लाहकार (२०१७- २०१९) का साथै दक्षिण कोरियाको सत्तारुढ दलको प्रवासी मामिला सम्बन्धित समितिको केन्द्रीय उपाध्यक्ष जस्ता विभिन्न संघ संस्था तथा जिम्मेवारीमा रही कार्य गरिसक्नु भएको छ ।

एनआरएनए तथा विभिन्न संघसंस्थामा हासिल गरेको अनुभवको आधारमा डिआरसीमा उम्मेदवारी घोषणा गरिएको उहाँले बताउनु भयो ।

यस्ता छन् सुबेदीका प्रतिबद्धताहरु

१. NRNA संस्थागत संरचना सबलीकरण तथा सुधार, थप समावेशीता तथा पारदर्शिता ।

२. COVID १९ को कारण रोकिएका तथा रोजगार गुमाएकाहरुको रोजगारको सुनिस्चितताको लागि आवश्यक सहजीकरण ।

३. SATURDAY SCHOOL: दोश्रो पुस्ताका लागि निशुल्क Online नेपाली भाषा तथा संस्कृति सिकाउने शनिबारे बिधालय

. स्वरोजगार र स्वावलम्बन अभियान: विदेशमा रहदा सिप तथा पशिक्षण, स्वदेश फिर्ति संगै स्वरोजगार तथा स्वावलम्बन

५. NRNAमा पुस्ता हस्तान्तरण: युवा/विद्यार्थीहरुको सहभागिताका पक्षमा वकालत, ज्ञान,सिप र प्रविधि हस्तान्तरणमा सहजीकरण।


प्रकाशित | १२ भाद्र २०७८, शनिबार २०:१६