बन्जीजम्प निर्माण गर्दै हेलम्बु गाउँपालिका: पाँच करोड ३९ लाख लागतमा झोलुङ्गे पुल निर्माण गरिदैं

दिनेश दुलाल/हेलम्बु (सिन्धुपाल्चोक) सिन्धुपाल्चोकको महत्वपूर्ण गन्तव्य तथा पर्यटकीय क्षेत्र हेलम्बुमा बञ्जी निर्माण हुने भएको छ । यस अघि यशियाकै दोस्रो बन्जीजम्पको रुपमा ख्याति कमाएको नयाँपुलको बन्जीजम्पलाई उछिन्दै हेलम्बुमा बन्न लागेको हो । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुलको पूर्वाधार निर्माण कार्य शुरु गर्न लागिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेजन शेर्पाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले […]

‘हिमालयन ग्रेट ट्रेल’ निर्माणको अवधारणा अगाडि बढाउँदै हेलम्बु गाउँपालिका

दिनेश दुलाल /हेलम्बु हेलम्बु गाउँपालिकाले आफ्नो गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ग्रेट ट्रेलको अवधारणा ल्याएको छ । गाउँपालिकाको योजनामा पहिलोपटक ‘हिमालयन ग्रेट ट्रेल’ निर्माण सुरुवात गरेको छ । पर्यटकीय गुरु योजनाअन्तर्गत ठूलो योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ लाई अघि बढाएको हो  । ६० किलोमिटर लामो ग्रेट ट्रेलभित्रको दस किमिको सुरुवाती चरणको सिँढी, बिसौनालगायत […]

पोखरामा टाटाको कार मेला आजदेखि

काठमाडौं: टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको आयोजनामा आज (शनिबार ) देखि पोखरामा कार मेला शूरु हुँदैछ । मेला सिप्रदी ट्रेडिङ्गको आधिकारीक विक्रेता दिप मोटर्स प्रालिको सहकार्यमा हुन लागेको हो । मेला शनिबार र आइतबार दुई दिनसम्म चल्नेछ। बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्ध चोक पोखरामा हुनेछ। […]

घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं : आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको  प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा […]

गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ गते आह्वान

काठमाडौं : गण्डकी प्रदेशले प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वान गरेको छ । जसको लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभयो । प्रवक्ता […]

महालक्ष्मी विकास बैंकको मैतिदेवीमा शाखा

काठमाडौं : महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको सभापतीत्वमा सम्पन्न् कार्यक्रममा बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले, विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल, विभिन्न कार्यालयका […]

थाई एयर एसियाले पायो थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि अनुमती

काठमाडौं : थाई एयर एसियाले थाइल्यान्डको बैङ्ककबाट नेपाल उडानका लागि सञ्चालन अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थाई एयर एसियालाई सञ्चालनको अनुमति दिएको हो । त्यस्तै, सञ्चालन अनुमति पाएसँगै थाई एयर एसियाले उडान अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा निवेदन दिएको छ । एयरलाइन्सले बुझाएको कागजात अध्ययनपछि सुरक्षा जाँचका […]